Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

बम्जनलाई बालयौन दुराचार मुद्दामा १० वर्ष कैद

Reporter

ram bahadur bamjon

बालयौन दुराचार मुद्दामा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्षको कैद सजाय हुने भएको छ। सोमबार सर्लाही जिल्ला अदालतले बम्जनलाई बाल यौन दुराचार गरेको कसूरमा १० वर्ष सजाय सुनाएको हो।

जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो। अदालतले उनलाई असार १० गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेको पेसी तोकेको थियो।

‘लिटिल बुद्ध’ भनिने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उजुरीपछि बम्जनलाई गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठमा रहेको उनकै निवासबाट पक्राउ गरिएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको