Logo
13 Jan 2026    २९ पुष २०८२, मंगलवार

ताजा खबर

बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता निर्वाचित जनप्रतिनिधि उम्मेदवारी दर्तासँगै पदमुक्त हुने विष्णु पौडेलको क्षेत्रमा चुनौती दिने तयारीमा सुदन ज्ञवाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक आचारसंहिता कडाइका साथ लागू गर्नुस् : निर्वाचन आयुक्त देउवा, कोइरालासहित कांग्रेस नेताहरू जुटे छलफलमा

टिकालाई नेल एण्ड हेयर टेक्निसियन विधामा ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

Reporter

काठमाडौं ।  सौन्दर्यविद तथा नेल एण्ड हेयर टेक्निसियन टिका पुन गुरुङले यो वर्ष नेपालमा भएको ‘छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’मा उत्कृष्ट नेल एण्ड हेयर टेक्निसियन(सौन्दर्य) विधामा अवार्ड जित्न सफल भएकी छिन ।
राजधानीको होटल र्याडिसनमा सम्पन्न ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ कार्यक्रममा उनलाई सो अवार्ड भारतिय प्रख्यात अभिनेत्री एवं पूर्व सांसद जय प्रदा सहित वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा,वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ अभिनेत्रीत्रय,बसुन्धरा भुषाल,चैत्यदेवी तथा भुवन चन्दको हातबाट संयुक्त रुपमा प्रदान गरिएको थियो ।

डेढ दशकभन्दा लामो समयदेखि सौन्दर्य पेशामा सक्रिय टिका नेपालमा मात्र नभै विदेशमा समेत आफ्नो सौन्दर्यकला प्रस्तुत गरि ख्याती कमाउदै आएकी छिन । माल्दिभ्समा टेलिभिजन माल्दिभ्समा ३ वर्षसम्म मेकअप आर्टिष्टको रुपमा काम गरिसकेकी उनले दुवई,श्रीलंका,थाईलैण्ड लगायत देशमा समेत सौन्दर्यकर्मीको रुपमा आफ्नो कलाक्षेत्रलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्दै आएकी छिन ।

हाल नयां बानेश्वरमा स्पार्कल व्यूटि पार्लर संचालन गरि थुप्रैलाई सौन्दर्य तालिम प्रदान गरि रोजगारीका अवसर प्रदान गराउदै आएकी उनले नेपालमा भएको विभिन्न समारोह तथा कार्यक्रमहरुमा सम्मानित भईसकेकी छिन ।

नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा सो अवार्ड समारोह भव्य रुपमा सम्पन्न भएको थियो
प्रतिनिधि सभाका उप-सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल तथा भारतका उच्च पदस्थ व्यक्तीहरु सेलिब्रेटी तथा प्रसिद्ध कलाकारहरुका साथै करिब सात सय भन्दा बढी दर्शकहरुको उपस्थिति रह्यो ।

कला साहित्य र सँस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउदै आएका र सामाजिक जीवनमा प्रसिद्धि कमाएका विभिन्न विधाका करिब ४ दर्जन बढि प्रतिष्ठित व्यक्तिहरूलाई उक्त अवार्ड प्रदान गरियो । जसमा नेपालबाट करिब तीन दर्जन बढी र भारतबाट करिब डेढ दर्जन बढि व्यक्तित्वहरुले अवार्ड प्राप्त गरे ।

नेपालका चर्चित कलाकारहरु गायक आनन्द कार्की, गायक यम बरालको प्रस्तुती रहेको समारोहमा भारतिय कत्थक डान्सरहरुको नृत्य र नेपाल भारतका र्याम्प मोडलहरुले दुवै देशको संस्कृति झल्कने पहिरनबाट र्याम्प शो समेत गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको