Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

पहिरोले हेटौंडा-काठमाडौँ जोड्ने दक्षिणकाली र सिस्नेरी सडक अवरुद्ध

Reporter

संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने दुईवटा सडक अविरल वर्षापछी माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार गएरातीदेखि आएको अविरल बर्षाले दक्षिणकाली सडकखण्ड र सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको हो।

दक्षिणकाली सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ छेपारेमा सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध भएको छ।

यस्तै सिस्नेरी सडक खण्डको विभिन्न स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध छ। अहिले पनि बर्षा भइरहेका कारण तत्काल बाटो खुलाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

बाटो खुलाउनको लागि सडक विभागसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ। यता हेटौंडाबाट काठमाडौ जाने कुलेखानी–फाखेल सडक खण्ड भने संचालनमा छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको