Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

साउथवेस्टन स्कुलद्वारा दोरम्बा गाउँपालिका उपाध्यक्ष कपमा सहभागी हुने विधार्थी र प्रशिक्षकलाई विदाई

admin

काठमाडौं, मंसिर-२७ ।

रामेछापको दोरम्बामा पहिलोपटक ३ नं प्रदेश स्तरीय प्रथम दोरम्बा गाउँपालिका उपाध्यक्ष कप कराँते प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रतियोगीताको लागि साउथवेस्टन स्कुलका तर्फबाट विभिन्न तौल समूहका विद्यार्थीहरुले सहभागीता जनाउने भएका छन् ।

प्राचार्य मनोज आचार्य तथा अतिरिक्त क्रियाकलाप प्रमुख दीपक भण्डारीले आज एक समारोहका विच सहभागी खेलाडिहरु तथा कराँते प्रशिक्षक सरिता सापकोटालाई सफलताको शुभकामना दिदै विदाई गर्नु भयो ।

 

उक्त टोली यहि मंसिर २८ गते बिहान प्रतियोगिताका लागि काठमाडौं बाट दोरम्बातर्फ जाने जाने कार्यक्रम रहेको प्रशिक्षक सरीता सापकोटाले जनाउनुभयो ।

विगत लामो समयदेखि साउथवेस्टन स्कुलले आफ्ना बिद्यार्थीहरुलाई नियमित पढाइका साथसाथै अतिरिक्त क्रिकलापहरुमा पनि विशेष जोड दिदै आएको छ ।

दक्ष प्रशिक्षक, कुशल व्यवस्थापन तथा विद्यार्थीहरुको अथक परिश्रमका कारण यस अघि पनि विद्यालयले विभिन्न जिल्ला स्तरीय, क्षेत्रीय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा थुप्रै सफलता हासिल गर्दै आइरहेको कुरा विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख दीपक भण्डारी ले बताउनु भयो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको