Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

भारतको मेघालयमा ४ नेपाली श्रमिकको विभत्स हत्या

Reporter

भारतको मेघालयमा ४ जना नेपाली श्रमिकको शव फेला परेको छ । प्रहरीका अनुसार यी शवहरु हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका हुन् । शवहरुमा धारिलो हतियारले निकै क्रुर रुपमा आक्रमण गरिएका चोटहरु छन् ।

मेघालयको इस्ट जयन्तिया हिल्सको उम्प्लेङ बजार नजिकै जंगलमा शवहरु फेला परेको इस्ट जयन्तियाका प्रहरी उपरीक्षक गिरी प्रसादले भारतीय मिडिया नर्थइस्ट लाइभ टिभीलाईै बताएका छन् । उनका अनुसार शवमा गरिएको आक्रमण र शवहरुको हातखुट्टा बाँधिएको अवस्था हेर्दा यो पूर्वनियोजित र निकै क्रुर हत्या भएको अनुमान गरिएको छ ।

जयन्तिया हिल्स मेघालयको राजधानी सिलोङबाट करिब १३० किलोमिटर टाढा पहाडी क्षेत्रमा पर्छ । अर्को भारतीय मिडिया नर्थइस्ट न्यूजले मारिनेमा एक जना नेपालको इलाम घर भएका २३ वर्षका रवि राई भएको बताएको छ । अन्यको पहिचान खुल्न बाँकी छ ।

प्रहरीले शवहरुलाई सिभिल अस्पताल खिलेहरियातमा राखेको छ । त्यहाँ शवहरुको पोस्टमार्टम र अन्य परीक्षण गरिने बताइएको छ । शव भेटिएकै ठाउँमा हत्या भएको हो वा अन्यत्र हत्या गरेर शव यहाँ फालिएको हो भन्ने अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले बताएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको