Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड’ का लागि आवेदन खुल्ला

Reporter

काठमाडौँ- फेयर एक्सप्रेस मिडिया प्रालिले ‘फेयर इन्टरनेशनल एजुकेशन अवार्ड-२०२४’ को आयोजना गर्ने भएको छ। शैक्षिक क्षेत्रमा विगत आठ वर्षदेखि क्रियाशिल मिडिया फेयर एक्सप्रेसले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तीहरूलाई सम्मान गर्ने उद्देश्यले अवार्डको आयोजना गर्न लागेको हो।

फेयर मिडियाले अवार्डको लागि शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्ती र संस्थाहरूलाई आईतबारदेखि नाम दर्ता खुला गरेको छ। मिडियाका प्रवन्ध निर्देशक राजेन्द्र लुइटेलले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न मुलुकका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिने बताए। उनले भने, ‘अवार्डका विभिन्न शिर्षकमा आवेदन दिएका आवेदक मध्येबाट विज्ञ टोलिले छनोट गरेपश्चात उपयुक्त व्यक्ती र संस्थालाई अवार्ड प्रदान गरिन्छ।’

मिडियाले नेपाल एवं विदेशका शैक्षिक गन्तव्यका उत्कृष्ट विद्यालय, विश्वविद्यालय, शैक्षिक परामर्श दातृ संस्था, तालिम केन्द्र लगायत शिक्षण संस्था र उक्त संस्थाहरूमा संलग्न भई पाँच वर्ष भन्दा बढी समय योगदान गरेका व्यक्तीलाई आवेदन दिन आह्वान गरेको छ।  मिडियाले कार्यक्रम आयाेजना हुने स्थान, मिति र ट्रफी पत्रकार सम्मेलन गरेर जानकारी दिइने जनाएकाे छ।

अवार्डका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहाेस्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको