Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

काठमाडौ महानगरद्वारा ४० सहकारीको अनुगमन, सातवटा सहकारीलाई थप कारबाही गर्न सीआईबीमा जानकारी

Reporter

काठमाडौँ महानगरपालिकाले ४० वटा सहकारी संस्थाको सघन अनुगमन गरेको छ । तीमध्ये सातवटा सहकारी संस्थाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पठाइएको महानगरपालिकाले जानकारी दिएको छ ।

महानगरले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार १६ चैतदेखि ७ असारसम्म ती सहकारीको अनुगमन गरेको थियो ।

अनुगमनमा परेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था कालीमाटी र स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको आवश्यक कागजपत्र र विवरणसमेत फेला नपरेको महानगर स्रोतले जनाएको छ ।

दुवै सहकारी संस्थामा बचतकर्ताको रकम फिर्ता हुने अवस्था नदेखिएको भन्दै थप छानबिन गरी कारबाही गर्न महानगरले प्रहरीको सीआईबीमा पठाएको छ ।

महानगरले अनुगमन गरेको कालीमाटीको सुमेरु बचत तथा ऋण सहकारी संस्था र ललितपुरको सोही नामको संस्थाका सञ्चालक भरत महर्जन हुन् । उनी १० अर्ब रुपैयाँभन्दा बढी बचत अपचलन गरी बेलायत पलायन भएका छन् ।

भरतले कालीमाटीमा छुट्टै सुमेरु सहकारी दर्ता गरी त्यसको अध्यक्ष श्रीमतीलाई बनाएका थिए । संस्थामा श्रीमतीपछि भान्जा र छोरालाई अध्यक्ष बनाएका महर्जनले उक्त संस्थामा ठूलो रकम अपचलन गरेका छन् ।

स्रोतका अनुसार महानगरको अनुगमनमा सिस्टममा देखिएको कुल निक्षेप दायित्व ३ अर्ब १९ करोड छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको