Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

रास्वपाका मुकुल ढकाललाई हटाइयो सबै जिम्मेवारीबाट

Reporter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेको छ।

मंगलबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको छ।

अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपनि केन्द्रीय समितिले उनलाई साधारण सदस्यबाट भने नहटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

केन्द्रीय समितिले ढकाललाई केन्द्रीय समितिको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र पुनरावेदन सक्ने निर्णय गरेको छ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो। जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो।

निलम्बन गरेपछि ढकालले भने आफूलाई स्पष्टीकरणको समेत अवसर नदिएर कारवाही गरेको गुनासो गरेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको