
काठमाडौं, मंसिर-२७ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डको मनोनयन सुचीमा परेका छन् ।
माल्दिभ्स फुटबल डटकम र फुटबल एसोसिएसन अफ माल्दिभ्सले संयुक्तरुपमा सार्वजनिक गरेको वर्षको उत्कृष्ट तीन गोलकिपरको मनोनयनमा नेपाली गोलरक्षक किरण समेत परेका हुन् ।
अवार्डको विजेता घोषणा भने आगामी पुस ३ गते एक समारोहविच गरिनेछ ।
विगत केहि समयदेखी किरण टीसी स्पोर्टस् क्लबबाट माल्दिभ्सको राष्ट्रिय लिग खेल्दै आएका छन् ।
किरणकै टोलीले यस वर्षको लिग जितेको छ । उनीसँग मोहमद फैसल र सुजन परेरासमेत मनोनयनमा परेका छन् ।
क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको छ ।
यसअघि, नेपाली डिफेन्डर रोहित चन्दले पनि यसै हप्ता इन्डोनेसियामा उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका थिए । रासस
लोकप्रिय समाचार