Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

चितवनको सिमलतालमा पहिरोले २ वटा यात्रुबस बगायो

Reporter

भरतपुर महानगरपालिका-२९ सिमलतालबाट दुईवटा यात्रुबाहक बस पहिरोले बगाएको छ ।

सडकमाथिबाट खसेको पहिरोले आज बिहान करिब साढे ३ बजे ती बस बगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । तर, ३ जना यात्रु भने बाहिर निस्किन सफल भएको डीएसपी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ । पानी परिरहेकोले उद्धारमा भने समस्या भएको छ ।

तीनजना बाहिर निस्किएको बस काठमाडौंबाट गौरतर्फ जाँदै गरेक‍ो यात्रुबाहक बस रहेको जनाइएको छ ।

त्यसैगरी सत्रकिलोमा माथिबाट खसेको ढुङगा लागेर अर्को यात्रुबाहक बसको चालकको मृत्यु भएको जनाइएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक मेघनाथ विक गम्भीर घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएका डीएसपी रिजालले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको