Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु

admin

आगलागी

दाङ, मंसिर २८ ।
दाङमा आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको घर भित्र जलेर मृत्यु भएको हो ।

बिहीबार राति करिव ८ बजेतिर सोलार ब्याट्री पड्किएर घरमा आगलागी भएको हो । आगलागीमा पुनका सात वर्षीय छोरा कृष्णकुमार, पाँच वर्षीया छोरी अस्मिता र दुई वर्षीया छोरी अञ्जुको मृत्यु भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जनाए ।

नवराजको एक वर्षीय छोरा बिरामी भएका कारण तीन छोराछोरीलाई घरमा सुताएर नवराज र उनकी श्रीमती झारफुक गराउन गाउँ गएका बेला अकस्मात सोलार ब्याट्री पड्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । स्थानीयवासी र हाँसीपुर प्रहरीचौकीबाट गएका प्रहरीको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट सात गाई र चार बाख्रा साथै घरमा रहेका सामान समेत जलेर नष्ट भएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको