Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ

Reporter

प्रहरीले झन्डै छ किलो कोकिनजस्तो देखिने पदार्थसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोली र प्रहरी वृत्ति लैनचौरको संयुक्त टोलीले आज ठमेलस्थित काठमाडौँ सिटी होटलबाट ४७ वर्षीया मलेसियन महिला बाथुमलाई भादिभालोलाई पक्राउ गरेको हो ।

प्रहरीले भादिभालोका साथबाट पाँच किलो आठ सय २० ग्राम कोकिनजस्तो देखिने पदार्थ बरामद गरेको छ । प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमार्फत बरामद गरिएको लागूऔषधसहित महिलालाई सार्वजनिक गरेको हो ।

ती महिलाले छ वटा विद्यालय झोलामा ‘फल्स बटम’ बनाई उक्त पदार्थ थाइल्यान्डको बैङ्कक हुँदै नेपाल भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । बरामद गरिएको लागूऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ ।

उक्त होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । ती महिला मलेसियाबाट १२ जुलाई २०२४ मा लाओस पुगेको, लाओसबाट १३ जुलाईमा थाइल्यान्डको बैङ्कक हुँदै राति काठमाडौं आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । निजका साथबाट यही जुलाई १९ मा काठमाडौँबाट मलेसिया फर्कने हवाई टिकट फेला परेको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको