Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जित्यो युरो कपको उपाधि

Reporter

इङ्ग्ल्यान्डलाई २-१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

यससँगै स्पेन चौथो पटक युरोपियन च्याम्पियन भएको छ । इङलिस टीम भने लगातार दोस्रो पटक फाइनलमा पराजित भएको छ ।

स्पेन सेमिफाइनलमा फ्रान्सलाई हराउँदै फाइनलमा पुगेको थियो । उता इङ्ल्यान्डले नेदरल्याण्ड्सलाई हराएर लगातार दोस्रोपटक फाइलन यात्रा पक्का गरेको थियो । तर अघिल्लो संस्करणमा इटालीले स्तब्ध बनाएको इङ्लिस टोलीलाई यस यसपटक स्पेनले रूवायो।

स्पेनले पाँचौँपटक फाइनल खेल्दा चौथोपटक उपाधि उचाल्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पराजित भयो ।

स्पेनलाई जिताउन खेलको ४७ मिनेटमा निको विलियम्सले अग्रता दिलाए। पहिलो हाफ एकपक्षीय खेलेको स्पेनले दोस्रो हाफको दुई मिनेटमै गोल गरेको थियो।

तर खेलको ७० मिनेटमा मैदान पसेका कोल पामरले तीन मिनेटभित्रै उत्कृष्ट गोल गरेर खेललाई बराबरीमा ल्याए ।

बराबरीमा आएपछि आक्रमण बुनिरहेका बेला स्पेन सफल भयो । उसका लागि खेलको ८६ मिनेटमा सब्टिच्युट खेलाडी मिकेल ओयार्जाबलले निर्णायक गोल गरे ।

यससँगै स्पेनले युरोकपको उपाधि चारपटक जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा जस्तै उपविजेता बनेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको