Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

जिग्री पाँडे टिमको ‘लाज शरणम्’ निर्माणको घोषणा

Reporter

फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कमेडी जनरामा बन्ने फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्मलाई जिग्री पाँडे टिमका तर्फबाट कुमार कट्टेलको लेखन तथा निर्देशन छ ।

फिल्ममा नवीन श्रेष्ठ निर्माता र रमेश नरेश शाह सह–निर्माताको रुपमा छन् । सुदीप बरालको छायांकन रहने फिल्ममा अर्जुन घिमिरे, सागर लम्साल, कमलमणी नेपाल, माला लिम्बु, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका छ ।

मुकुन्दले १२ बर्षपछि फिल्ममा फेरि काम गर्न लागेका हुन् । अन्य कलाकारहरुको बिषयमा विस्तारै जानकारी दिने निर्माणपक्षले बताएको छ ।

यो फिल्मलाई फागुनको १४ गतेबाट रिलिज गर्ने घोषणा समेत गरिएको छ ।

फिल्मका निर्देशक कुमारले यो फिल्म सिंगो फिल्म नगरीको फिल्म भएको बताए । कार्यक्रममा कुमारको जन्मदिनको सेलिव्रेशन समेत गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको