काठमाडौं, मंसिर २८ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।
शुक्रबार एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिस ५–० गोलको फराकिलो अन्तरले विजयी भएको हो ।
खेलमा पुलिसको जितमा निरकुमार राई, तेज तामाङ, भरत शाह, रविशंकर पासवान र अभिषेक रिजालले १/१ गोल गरे ।
जितसँगै पुलिसले जारी लिगमा ८ खेलबाट १४ अंक जोड्दै पाँचौं स्थानको आफ्नो पकडलाई बलियो पारेको छ ।
पराजित टोली फ्रेन्ड्स क्लब भने ५ अंकसहित लिग तालिकाको ११औं स्थानमा रहेको छ ।
लोकप्रिय समाचार