Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वासको मत

Reporter

KP Oli on parliament

प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा १८८ सांसदको विश्वासको मत पाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री ओलीले कूल उपस्थित भएका २६३ सांसदमध्ये १८८ जना सांसदको विश्वासको मत पाएका हुन्। विपक्षमा ७४ मत परेको छ भने एक मत तटस्थ रहेको छ ।

२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मत पुर्याउन ओलीले कम्तिमा १८४ मत आवश्यक पर्दछ। तर ओलीले सो भन्दा बढी मत प्राप्त गरी दुई तिहाइको प्रधानमन्त्री बन्न सफल भएका हुन्।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमाले, लोसपा, जसपा नेपाल, जसपा, जनमत, नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदको मत प्राप्त भएको हो।

गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भएको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको