Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

बिजनेश संगै मोडलिङको दुनीयाँमा स्थापित हुँदै मोडल मन्दिप पौडेल

admin

काठमाडौं, मंसिर २८ ।

नेपाली मोडलिङको रंगीन दुनीयामा युवतीको तुलनामा युवकहरुको चर्चा कमै हुन्छ ।
मोडलिङदेखि विज्ञापनसम्म युवती र युवक दुवैको सहभागिता उस्तै भए पनि युवकहरू पर्दा पछाडि नै रहने गरेका छन् । मोडलिङ हुँदै दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय समेत गरिसकेका सर्लाहीको हरिवनमा जन्मिएका मन्दिप पौडेल युवकहरुलाई प्रचारप्रसार कम गरिने हुँदा यस्तो भएको बताउँछन् ।

mandip paudel

पौडेलले बताएअनुसार ‘मिडियामा मोडल युवतीहरूले जस्तो कभरेज युवकहरूले नपाउँदा नै यस्तो भएको हो ।
विगत केही समयदेखि पढाईको सिलसिलामा काठमाडौं आएका पौडेल मोडलिङसंगै बिजनेस पर्सनको रुपमा अहिले परिवार सहित काठमाडौंमा रहँदै आएका छन ।

mandip paudel

पौडेलले भने- ‘युवतीहरू छिट्टै चर्चामा आउने कारण मिडियाको कभरेज पनि एक हो ।’ बिभिन्न म्युजिक भिडियोका मोडल पौ्डेलका अनुसार पुरुष मोडलका लागि अवसर समेत कम भएको कुरामा गुनासो गरे । लोकप्रियताका लागि मोडिलिङमा होमिने पौडेलजस्ता तन्नेरीहरू चर्चा र अवसर कम भएपछि पलायन हुने गरेका छन् तर उनी व्यवसाय र मोडलिङलाई संग़ै लिएर अघि बढि रहेका छन । ब्यवासायको क्रममै युवाहरुलाई लक्षित गरी योङ फरेवर र योङ स्टाईल गरी दुईवटा क्लोदिङ आउटलेट सन्चालनमा ल्याएका छन ।

mandip paudel

रंगीन संसारमा होमिएपछि चर्चाको भर्‍याङ भने युवतीहरू नै चढछन् । कुनै पनि उत्पादनलाई जनसमक्ष पुर्‍याउने विज्ञापनमा महिलाको तुलनामा पुरुषको स्थान कमै हुने गरेको छ ।

सौन्दर्य प्रतियोगिताको उपाधि जितेका दीपक बानियाँ, सुबास पौडेल, वीरेन भण्डारीजस्ता दर्जनौ युवा मोडलले यो क्षेत्रलाई चटक्कै छाडे । कोही विदेश पलायन भए भने कोही अन्य पेसा व्यवसायतर्फ लागे तर मन्दिप भने व्यवसायसंगै मोडलिङ्लाई साथ साथै लिएर अघि बढ़िरहेका छन ।

mandip paudel

मनोरञ्जनसँग सम्बन्धीत वेबसाइटहरूले समेत युवकको तुलनामा युवतीहरूलाई नै प्राथमिकता दिने तथा युवक मोडलको फोटोसेसन समेत बिरलै हुने गरेको अवस्था छ । तर यो क्षेत्रमा निरन्तर लागिरहदा पक्कै पनि सफलता प्राप्त गर्न सकिने बताउछन ।

mandip paudel

आफुले सोचेको भन्दा ज्यादा परिश्रम गरेरमात्र यो क्षेत्रमा सफलता मिल्ने बताउदै अब आउने नयाँ पुस्ताले त्यसको लागि आफुलाई तयारी गरेर आउनुपर्ने बताउछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको