अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति दौडबाट बाहिरिएका छन् ।
आज एक सन्देश सार्वजनिक गर्दै बाइडेनले आफू अहिले रास्ट्रपतिको भूमिकामा सकृय भएर उमेदवारीबाट बाहिरिने जानकारी दिएका छन् ।
हाल कोभिडले थला परेका बाइडेनको यो निर्णय चौतर्फी दबाबपछि आएको हो ।
ट्रम्पसँगको डिबेटमा खराब प्रदर्शन भएपछि न्यू योर्क टाइम्स, डेमोक्रेटिक दलका चन्दादाताले सार्वजनिक रुपमा उमेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेन हार्ने बताएको खबर अमेरिकी मिडियाले सार्वजनिक गरेका थिए । बाइडेन रेसबाट आउट भएपछि कमला ह्यारिसको उमेदवारी चर्चा बढेको छ ।
बाइडेनले बाकि कुरा आगामी हप्ता देशको नाममा गर्ने सम्बोधनमा सार्वजनिक गर्ने आफ्नो सन्देशमा बताएका छन् ।
यस्तै, बाइडेनले सामाजिक सन्जालबाट वर्तमान उपराष्ट्रपति कमलालाई राष्ट्रपति उमेदवारीमा समर्थन गरेको सार्वजनिक गरेका छन् ।
लोकप्रिय समाचार