Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

आजदेखि तानसेन-बुटवल सडक खण्ड रातिको समयमा बन्द हुने

Reporter

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

पानी पर्नासाथ सडक भासिन थालेपछि बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए।

गत आइतबार बेलुकादेखि सडक भासिन थालेपछि सवारी आवगमनमा हुँदै आएको छ । सो क्षेत्रमा झन्डै ५० मिटर लम्बाईमा र बाटो मुनी दुई मिटर बढी सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए।

कमजोर भूगोल भएका कारण बाटोमुनीको भागबाट दैनिक रुपमा सडक भासिने क्रम रहेको हुँदा एकतफी रुपमा सवारी संचालन गर्नसमेत समस्या हुादै आएको उनले बताए । सडक भासिएर राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसक्दा पाल्पा बुटवलसंगै सुनौली पोखरा र गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मको यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको