सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १५ जनाको शव निकालिएको हो ।
जहाजमा पाइलट सहित १९ जना सवार थिए । ४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।
आज बिहान करिब ११ बजे सौर्य एयरलाइान्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो।
लोकप्रिय समाचार