Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

गैरहाजिर २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरीको निर्देशन

Reporter

नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका २९ कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज सम्पर्कविहीन कर्मचारीको नामावली सार्वजनिक गर्दै सन्तोषजनक स्पष्टीकरणसहित बाटोको म्यादबाहेक सातदिनभित्र कार्यालयमा उपस्थित हुन जानकारी गराएको हो ।

प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएकोले हाजिर हुन आउन सात दिनको समय दिएको हो ।

उक्त अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली र ऐन बमोजिम सेवाबाट हटाइने चेतावनी समेत दिइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको