Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

नुवाकोटको दुप्चेश्वरमा गाडी दुर्घटना, १८ जनाको मृत्यु

admin

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ जना पुगेको छ । शुक्रबार दिउँ सो शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

घटनास्थलमा पुगेको प्रहरीले १७ जना घाइतेलाई उद्दार गरी खरानीटार स्वास्थ्य चौकीमा पठाएको छ । उद्दार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए । तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको