Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

राजनीतिक परिवर्तनलाई आर्थिक विकासको फड्कोमा पुर्‍याऔं: नारायणकाजी श्रेष्ठ

Reporter

ललितपुर। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद्धिको फड्कोमा पुर्‍याउन सक्दा मात्र जनताले वास्तविक परिवर्तनको अनुभूत गर्ने बताउनुभएको छ। आफुले सरकारमा हुँदा त्यही प्राथमिकतामा काम गरेको र सुशासनका पक्षमा तथा भ्रष्टाचारका विरुद्धमा ठुल्ठुला अभियान सुरु गरेको बताउनुभयो।

शुक्रबार हात्तीवनस्थित ज्ञाननगर मार्गमा आयोजित ‘भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना सहयोग समिति’का निर्वाचित पदाधिकारीलाई सपथ गराउने र प्रमाणपत्र वितरण गर्ने समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

तीन वर्षमा सम्पन्न भैसक्नुपर्ने भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना १० वर्ष भैसक्दा पनि पुरा नभएको तर अब सहयोग समिति र उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालयले आवश्यक समन्वय गरेर कामलाई गति दिने विश्वास उहाँले व्यक्त गर्नुभयो। यहीँ बसोबास गरिरहेकोले सहयोग समितिको पनि सहयोगी भूमिकामा आफू रहने प्रतिबद्धता उहाँले जनाउनुभयो।

जग्गा एकीकरण आयोजनामा सहभागी भएर पनि कयौंले अझै धनीपुर्जा नपाएको, खोलाको सीमाङ्कनको विवाद अदालत पुगेको, आयोजनामा पर्ने जग्गा अझै व्यक्तिसँगै रहेको जस्ता समस्या आपसी छलफल र मैत्रीपुर्ण सामाजिक समन्वयबाट समाधान गर्न सकिने उहाँले बताउनुभयो। आयोजना भित्रको विकास, सुविधा र सुरक्षाका सबै पूर्वाधार छिटो सम्पन्न गर्न समेत उहाँले आग्रह गर्नुभयो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको