Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

मिस एण्ड मिसेस ब्युटिफुल २०१९ को दोश्रो अडिसन सम्पन्न

admin

मिस एण्ड मिसेस ब्युटिफुल २०१९ को दोश्रो अडिसन मंसीर २८ गते शुक्रबार सम्पन्न भएको छ  । बानेश्वरमा रहेको दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा भएको यस प्रतियोगिताको दोश्रो अडिसनमा दुबै स्पर्धामा गरी २० जनाको सहभागीता रहेको थियो ।

विवाहित तथा अविवाहित महिलामा बाहिरी तथा भित्री सुन्दरता तथा लुकेको प्रतिभालाई प्रोत्साहन गर्न यस किसिमको कार्यक्रम गरिएको दक्ष इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक दिपा थपलियाले जानकारी दिनु भएको छ । यस अघि पहिलो अडिसन मंसीर १५ गते शनिबार सम्पन्न भएको थियो । माघको दोश्रो साता फाईनल राउन्ड हुने आयोजकले जानकारी दिएको छ ।
दोश्रो अडिसन राउण्डमा निर्णायकहरु हाँस्यकलाकार उत्तम के.सी. नायिका पुजा पराजुली , मोडल मनिषा सापकोटा ,नेपाली चलचित्र वितरक गोपालकाजी कायस्थ      र दक्ष ईन्टरनेशनल प्रा.लि का प्रबन्ध निर्देशक एवंम समाजसेवी दिपा थपलिया हुनु हुन्थ्यो । मिस ब्युटिफुलको चौथो संस्करणमा  अविवाहित महिलाले सहभागीता जनाउन पाउनेछन भने मिसेस ब्युटिफुलको तेश्रो संस्करणमा  विवाहित महिलाले सहभागीता जनाउन पाउनेछन ।
यस वर्षको मिस एण्ड मिसेस ब्युटिफुलमा सहभागी हुन  मिस तर्फ  १८ वर्ष देखि २५ वर्ष उमेरको अविवाहित महिला हुनु पर्दछ भने मिसेस  तर्फ २० वर्ष देखि ४५ वर्ष उमेरको विवाहित महिला हुनु पर्दछ  । उचाई, तौल र शिक्षा कुनैको पनि मापदण्ड तोकिएको छैन । अडिसनमा सहभागी हुन बानेश्वरस्थीत  दक्ष इन्टरनेशनल प्रा.लिको कार्यालयमा गएर फर्म भर्नु पर्नेछ । अडिसनमा सफल भएका सहभागीले नगद २० हजार तिरेपछि करीव २० दिनको विशेषज्ञको तालिम पश्चात फाईनल राउण्डमा प्रतिस्पर्धा गर्न पाउनेछन ।

आयोजक संस्था दक्ष इन्टरनेशनल प्रा.लिका  अध्यक्ष टेकराज पाण्डेका  अनुसार  अडिसन राउन्डबाट  फाईनल राउण्डका लागि २० जना प्रतिस्प्रर्धीलाई छनोट गरिनेछ  । फाईनल राउण्डका लागि छनौट भएका सहभागीलाई २० दिन विशेषज्ञहरुबाट तालिम प्रदान गरीसकेपछि अन्तिम प्रतिस्पर्धा माघको दोश्रो हप्ता काठमाडौको  राष्ट्रिय नाचघरमा  हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद  एक लाख रुपैयाको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर राखिएको छ ।  त्यसैगरी प्रतियोगितामा प्रथम हुनेले सिंगापुर र हंङकङ भ्रमण गर्ने अवसर पाउनेछन । यस प्रतियोगिताको मिस ब्युटिफुल तर्फको पहिलो संस्करणमा जेनिफर गुग्गे पहिलो भएकी थिईन । त्यसैगरी दोश्रो संस्करणमा अपेक्षा ढुंगाना र तेश्रो संस्करणमा एन्जीला कार्की पहिलो भएका थिए । मिसेस ब्युटिफुल तर्फको पहिलो संस्करण सुनिता कर्माचार्यले जितेकी थिईन । त्यसैगरी दोश्रो संस्करणमा संगिता न्यौपाने पहिलो भएकी थिईन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको