Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

टेक विसी र सिमरन परियारको स्वरमा ‘नजरमा नजर’ (भिडियो) बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

क्रिकेटर सन्दीप लामिछाने प्रकरण :उच्चको फैसलाविरुद्ध गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने

Reporter

क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् ।

उनले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।

गौशालाले बुधबार महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी थिइन् भने आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् । सरकारी वकिलमा दर्ता नम्बर ३३२ रहेको छ ।
हस्तलिखित निवेदनमा भनिएको छ, ‘यो मुद्दा दर्ता भएदेखि नै मलाई मानसिक रूपमा परेको असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादी विरुद्ध भ्रमपूर्ण खबर र ममाथि दबाब बढाएका थिए ।

लामो समयदेखि उक्त घटनाको कारण त्रासपूर्ण जीवन बाँच्दै आएको छु । मुद्दाको कारण म त्रासपूर्ण जीवन बाँच्दै आएकी छु । साथै यस मुद्दाले पार्ने दूरगामी असरको बारेमा म अवगत थिइनँ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको