Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

नेपाल हार्ट फ़ाउण्डेशनद्वारा स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना

admin

ललितपुर, २९ मङ्सिर – नेपाल हार्ट फ़ाउण्डेशनले स्वर्गिय कमला न्यौपानेको स्‍मृतिमा ६ लाखको अक्षयकोष स्थापना गरेको छ । स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेको अग्रसरतामा उक्त अक्षयकोष स्थापनामा आएको हो । नेपाल हार्ट फ़ाउण्डेशनको एक लाख सहयोग र स्वर्गिय कमला न्यौपानेको परिवारजनका तर्फबाट ५ लाख रूपैया सहयोगमा अक्षयकोष स्थापना भएको हो । अक्षयकोष स्थापनाका लागि नेपाल हार्ट फ़ाउण्डेशन, ललितपुर शाखामा शनिबार सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल हार्ट फ़ाउण्डेशनका तर्फबाट केन्द्रिय अध्यक्ष पुष्पराज राजकर्णिकार र परिवारका तर्फबाट स्वर्गिय कमलाका पति साहित्यकार एबम् समाजसेवी तुलसी प्रसाद न्यौपानेले हस्ताक्षर गरे । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल हार्ट फ़ाउण्डेशनका पूर्व अध्यक्ष दिल्ली खनाल, बरिस्ठ इंजिनियर डिल्ली रत्न शाक्य लगायतको उपस्थिती रहेको थियो । मुटु रोगी र अशक्तहरुको आवश्यक सहयोगका लागि उक्त अक्षयकोष स्थापना गरिएको बताईएको छ ।

सामाजिक कार्यमा संलग्न रहदै आएकी कमला न्यौपानेको मुटु रोगको उपचारका क्रममा २०७४ कार्तिक ३० गते निधन भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको