Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

प्रा. डा. कोइरालालाई ‘लेबाल त्रिरत्न पुरस्कार’को घोषणा

Reporter

नेपाली शिक्षा परिषद्ले ‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । यही साउन १२ गते बसेको परिषद्को प्रबन्ध समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

कवि शिरोमणि लेखनाथ पौड्याल, सिर्जनाका बहुआयामिक व्यक्तित्व बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित ‘लेबाल त्रिरत्न पुरस्कार’ शिक्षाविद् तथा शैक्षिक अनुसन्धाता प्रा. डा. कोइरालालाई प्रदान गर्ने निर्णय गरिएको परिषद्ले जानकारी गराएको छ ।

उक्त पुरस्कार परिषद्को ७४औँ वार्षिकोत्सव तथा संस्थापक गोपाल पाँडे ‘असीम’को ११२औँ जयन्तीका अवसर पारेर यही साउन ३२ गते प्रदान गरिनेछ । पुरस्कारको राशि एक लाख एक हजार १०१ रुपैयाँ रहेको जनाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको