Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

Reporter

 अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन्।

आइतबार बिशेष अदालतमा बयानका लागि हाजिर हुनुभएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

आइतबार दिनभर भएको बयानपछि थुनछेक आदेश भएको उनले बताए। उनले उक्त प्रकरणमा ७ जना अदालत उपस्थित भइसकेको र ५ जना उपस्थित हुन बाँकी रहेको जानकारी दिए।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरण तत्कालीन मुख्यसचिवसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको