Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

Reporter

सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उक्त फैसला गरेको हो।

सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचारमा अन्तिम फैसला सुनाएको हो।

अदालतले उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको सजाय सुनाइएको छ। कांग्रेसका पूर्वसहमहामन्त्रीसमेत रहेका जोशीको मुद्दा यही ‍इजलासले ‘हेर्दाहेर्दै’मा राखेको थियो। यसअघि  जेठ १ गते, ८ गते र १३ गते पनि सर्वोच्चमा सुनुवाइ भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको