Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

२० जनामा हैजा पुष्टि , सतर्कता अपनाउन मन्त्रालयको आग्रह

Reporter

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौँ, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो ।

गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउनु पर्दछ । झिँगा लागेको, वासी, सडेगलेका, नपाकेका, चिसिएको खुला स्थानका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइ (विशेष गरी हातको सरसफाइ) तथा खानेकुराको सरसफाइलाई विशेष ध्यान पुर्‍याउनुहुन साथै समुचित चर्पीको प्रयोग र दिसा पिसाब गरिसकेपछि साबुन पानीले मिची मिची हात धुनुहुन सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौँ।’

मन्त्रालयका अनुसार हैजाका मुख्य लक्षण तथा चिन्हहरूमा पातलो चौलानी पानी जस्तो दिसा आउने वाकवाकी लाग्ने र बान्ता हुने, कडा जलवियोजन पर्दछन् । संक्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रंग पहेँलो हुने, चिडचिडापन हुने, रक्तचाप कम हुने, मुटुको धड्‌कन अनियन्त्रित हुने र बेहोस हुन सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० सम्म प्रतिशत मृत्युदर हुने गरेको जनाएको छ ।

h


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको