Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

के हो त थाइराइड ? यसरी निको हुन्छ थाइराइड

admin

थाइराइडको समस्या अहिले तीव्ररुपमा फैलिइरहेको छ । झट्ट सुन्दा सामान्य लागे पनि यो निकै दुख दिने रोग हो, जसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ ।

के हो त थाइराइड ? कसरी उत्पन्न हुन्छ यसमा समस्या ? सबैले बुझ्नु जरुरी छ ।

खासमा थाइराइड हाम्रो घााटीभित्रको एक ग्रन्थी हो, जसले विशेष प्रकारको हार्मोन उत्पादन गर्छ । यो ग्रन्थीले सही ढंगले काम गर्न सकेन भने आवश्यकाभन्दा बढी वा कम मात्रामा हर्मोन निर्माण गर्न थाल्छ । अनि थाइराइडको समस्या सुरु हुन्छ ।

सामान्यत थकान लाग्नु, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, छाला रुखो हुनु, डिप्रेसन हुनु, तौल बढ्नु, हात(खुट्टा चिसो हुनु थाइराइडका लक्षण हुन् ।

थाइराइडले भयो भने यसले हाम्रो जीवनशैली प्रभावित बनाउाछ । यसको उपचारका केही प्रचलित विधी छन् । तीनै उपचार विधी अपनाएर यो विकार समाप्त गर्न सकिन्छ र थाइराइड हर्मोनलाई सन्तुलित गर्न सकिन्छ ।

थाइराइड औषधी

सुरुमा ज्वरो आउने, घााटी खसखस हुने जस्ता समस्या हुन्छन् । तर, यी समस्या देखापर्नासाथ आफुखुसी औषधी सेवन गर्नु हुादैन । चिकित्सकको परामर्श लिएर मात्र औषधी खानुपर्छ । सुरुवातमा एन्टिथाइराइड औषधी दिएर रोग नियन्त्रण गरिन्छ । चिकित्सकको सल्लाहविना एन्टिथाइराइड औषधी सेवन गर्नु हानिकारक हुनसक्छ ।

रेडियोएक्टिभ आयोडिन

रेडियोएक्टिभ आयोडिनद्वारा थाइराइडलाई क्रमशः सानो बनाउादै अन्तमा यसलाई नष्ट गर्न सकिन्छ । यो उपचार विधी सुन्नमा जति गाह्रो लाग्छ, गर्न उति सजिलो हुन्छ । यो उपचार हाइपरथाइराइडिज्मको एक सुरक्षित उपचार हो ।

रेडियोएक्टिभ आयोडिन ५० बर्षभन्दा बढी उमेरका व्यक्तिका लागि पनि सुरक्षित मानिन्छ । गर्भवती भएको अवस्थामा भने यो विकल्प रोज्नु हुादैन । यसले आमा र बच्चालाई हानी गर्छ ।

मुटुरोगीले भने यो उपचार सजिलै गर्न सक्छन् । यस थेरापीले ८ देखि १२ महिनामा थाइराइडको समस्या समाप्त गरिदिन्छ । सामान्यत ८० प्रतिशतसम्म थाइराइड रोगीलाई रेडियोएक्टिभ आयोडिनको एक खुराकबाट उपचार गर्न सकिन्छ । यद्यपि, थाइराइडको गम्भिर रोगीलाई भने ६ महिनासम्म लाग्न सक्छ ।

शल्यक्रिया

शल्यक्रियाबाट पनि आंशिकरुपमा थाइराइड ग्रन्थी निकाल्न सकिन्छ । यद्यपि यसका केही साइड इफेक्ट्स हुन्छन् । खासगरी थाइराइड ग्रन्थीको शल्यक्रिया उनीहरुले गराउन सक्छन्, जसलाई खाना निल्न र सास फेर्न समस्या छ । यस्तै, गर्भवती महिला वा बच्चा, जसका लागि थाइराइडको औषधी सुरक्षित मानिदैन, उनीहरुका लागि शल्यक्रिय उचित हुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको