Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

गौतमबुद्ध विमानस्थलबाट थाइ एयर एसियाले दैनिक थाइल्यान्ड चार उडान गर्ने

Reporter

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्डमा नियमित उडान हुने निश्चित भएको छ। निर्माण सम्पन्न भएको लामो समय हुँदासमेत नियमित अन्तर्राष्ट्रिय उडान नभएको गुनासो बढिरहेका बेला थाइ एयर एसियाले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दैनिक चार उडानको अनुमति पाएको हो।

सेप्टेम्बर २० देखि थाइ एयर एसियाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड सीधा उडान गर्ने छ। सोही एयरलाइन्सले प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक तीन उडानको स्वीकृति पाएको छ।

प्राधिकरण श्रोतका अनुसार थाइ एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सात उडानका लागि अनुमति मागेको थियो। तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडान गर्ने सर्त राखेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको