
भक्तपुरको कौशलटारमा आगलागी हुँदा एक घरमा क्षति पुगेको छ।
गएराति साढे १० बजे मध्यपुरथिमी नगरपालिका-३ कौशलटारस्थित शंकर कटुवालको घरमा आगलागी भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन्।
उनका अनुसार दुइतले घरको पहिलो तल्लामा रहेको फर्निचर उद्योग सञ्चालनमा विद्युत् सर्ट भएर आगलागी भएको होर आगलागीबाट त्यहाँ रहेका प्लाइउड, आल्मोनियम र पाइपको जलेर नष्ट भएका छन्।
आगलागीपछि उपत्यकाका विभिन्न स्थानीय तहबाट पाँच वटा दमकल परिचालन गरेर राति पौने १२ बजे नियन्त्रणमा लिइएको थियो। गएराति घरमा कोही नभएकाले मानवीय क्षति भने हुन पाएन।

लोकप्रिय समाचार