राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
यसपटक १२ को परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले तथ्यांक सार्वजनिक गरेको छ ।
वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख परीक्षार्थीहरु सहभागी थिए ।
साथै ५ हजार ५ सय ४२ विद्यालयबाट उनीहरुले परीक्षा दिएको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
लोकप्रिय समाचार