Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

ग्राबियल जिससको उत्कृष्ट प्रदर्शनपछि म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

admin

काठमाडौं, पुष-०१ ।

इङ्लिस प्रिमियर लिग फुटबलको साविक विजेता म्यानचेस्टर सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा सिटीको जितमा ग्राबियल जिससले दुई गोल गरे भने रहिम स्टर्लिङले अर्को एक गोल थपेका थिए । एभर्टनका लागि भने डोमिनिक काल्भर्ट लेविनले एक गोल फर्काए ।

सिटीको जितमा जिससले खेलको २२ औं र ५० औं मिनेटमा गोल गरेका थिए । त्यस लगत्तै खेलको ६५ औं मिनेटमा एभर्टनका लेविनले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । फेरि ६९ औं मिनेटमा स्टर्लिङले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए ।

जितसँगै साविक विजेता सिटीले लिभरपुललाई २ अंकले पछि पार्दै शीर्ष स्थान ओगटेको छ । उपाधि जित्ने होडमा सिटीले १७ खेलबाट ४४ अंक जोडेको छ ।

एक खेल कम खेलेको लिभरपुलको भने ४२ अंक छ । सिटीसँग पराजित एभर्टन २४ अंक सहित आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा टोटनह्यामले बर्नलेविरुद्ध जित हात पारेको छ ।

टोटनह्यामको घरेलु मैदानमा भएको उक्त खेलमा क्रिस्टियन एरिक्सनले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको इन्जुरी समयमा एरिक्सनले गोल गर्दै टोटनह्यामको लागि महत्वपूर्ण ३ अंक दिलाए ।

यो जितसँगै टोटनह्यामले १७ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित बर्नले १२ अंक सहित रेलिगेसन जोनभन्दा एक स्थान मात्र माथि छ ।

प्रिमियर लिगअन्तर्गतकै अर्को खेलमा वेस्टह्याम युनाइटेडले फूलह्यामलाई र उल्भरह्याम्टनले बर्नमाउथलाई समान २–० तथा वाट्फोर्डले कार्डिफ सिटीलाई ३–२ गोल अन्तरले हराएका छन् ।

त्यसैगरी क्रिष्टल प्यालेसले लेस्टर सिटी र न्यूकासलले हडर्सफिल्डलाई समान १–० गोलअन्तरले हराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको