Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

Reporter

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्।

शुक्रबार बसेको सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै राजीनामा दिएका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा उनले जनताले दलहरुबीच निकै आशा गरेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे। सोडारीले सय दिनभन्दा बढि प्रदेश सरकारमा बस्दा निकै राम्रा काम भएकाले सरकारको आलोचना मात्रै गर्न न्यायोचित धारणा राखे।

त्यस्तै सम्बोधनका क्रममा उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। केन्द्रमा भएको सत्ता समिकरण फेरबदलसँगै प्रदेशमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको