Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

Site Oficial De Apostas Em Football, Esportivas Online E Cassino No Brasil 2025 १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

२३ जनामा हैजाको संक्रमण

Reporter

प्रदूषित पानीका कारण तीन जिल्लामा हैजा देखिएको छ भने अहिलेसम्म २३ जना संक्रमित भएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुर, काठमाडौं र कैलालीमा हैजाको संक्रमण देखिएको छ। शुक्रबारसम्म ललितपुरमा १४, कैलालीमा आठ र काठमाडौंमा एक जनामा हैजाको संक्रमण देखिएको हो।

हैजाको संक्रमण देखिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको महाशाखाले जनाएको छ। केही निको भएर घर फर्किएको र केहीको उपचार चलिरहेको छ।

दूषित खानेकुरा र पानीबाट हैजा फैलिने स्वास्थ्यकर्मी बताउँछन्। भिब्रिओ कोलरी नामक जीवाणुले हैजाको संक्रमण गराउँछ। एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि पानी र खानाकै माध्यमबाट फैलिने गरेको छ।

काठमाडौं र ललितपुरमा विशेषगरी पानीको मुहान र जारको पानीबाट हैजाको संक्रमण भएको देखिएको छ। राम्ररी नपाकेको खानेकुरा खाँदा र हातको सरसफाइमा ध्यान नदिंदा हैजा संक्रमणको जोखिम बढ्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रमणरोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। खानेपानीको स्रोत संक्रमित हुँदा हैजा छिटो फैलिने डा. पुनको भनाइ छ।

हैजा संक्रमण हुँदा पखाला लाग्ने, चौलानी जस्तै दिसा हुने गर्छ। त्यस्तै, शरीरका मांसपेशी बाउँडिने र निरन्तर बान्ता हुने गर्छ। समयमा उपचार नपाउँदा ज्यानै जान सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने चिकित्सक बताउँछन्।

यसबाट बच्न सफा र सुरक्षित पानीको प्रयोग गर्ने तथा व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनुपर्ने डा. पुनको सुझाव छ।

प्रायः अल्पविकसित देशमा हैजा देखिने गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष हैजाबाट कम्तीमा १३ लाखदेखि ४० लाख मानिस बिरामी पर्ने गरेका छन्। यसबाट २१ हजारदेखि एक लाख ४३ हजारसम्म मानिसको मृत्यु भएको तथ्यांक छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको