Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

हैजा संक्रमितको सख्या २५ पुग्यो

Reporter

मुलुकभर हैजा संक्रमितको सख्या २५ पुगेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर संक्रमितको संख्या २५ पुगेको हो।

पछिल्लो २४ घण्टामा दुई जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौंको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा संक्रमण देखिएको इडिसिडीले जनाएको छ।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रमक झाडापखालासम्बन्धी रोग हो। हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको