Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

विश्वविद्यालयमा आर्थिक चलखेल : नीजि कलेजलाई सम्बन्धन दिएपछि विश्वविद्यालयमा तालाबन्दी

admin

रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालाबन्दी गरिएको छ ।
विद्यार्थी संगठनहरुले विश्वविद्यालयका पदाधिकारीहरु सरकारी घोषणा र योजनाअनुसार ७ प्रदेशमा स्थापना गर्ने भनेको विश्वविद्यालयका आंगिक कलेज स्थापना गर्नुको साटो निजी कलेजलाई धमाधम सम्बन्धन दिने षड्यन्त्रमा लागेपछि तालाबन्दी गर्नु परेको बताएका छन् ।
विश्वविद्यालयका पदाधिकारीहरु आर्थिक चलखेलमा लागेर नीजि कलेजलाई सम्बन्धन दिने तथा जनताका छोराछोरीले राज्यबाट पाउन लागेको अधिकार हनन गर्न खोजेपछि तालावन्दी गर्नुपरेको कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय अखिल क्रान्तिकारीका अध्यक्ष विश्वास अम्गाईले बताए ।
सरोकारवालाहरुको विश्वविद्यालयका पदाधिकारीहरुले आफ्नो लगानीबाट कलेज खोली कृषि तथा वन विश्वविद्यालयबाट त्यसलाई सम्बन्धन दिइ गरिब जनताका छोराछोरीलाई शोषण गर्ने खेल भएकाले त्यसलाई रोक्नुपर्ने माग छ ।
कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय नेपाल बिद्यार्थी संघ रामपुरका अध्यक्ष सोभित खनालले विश्वविद्यालयले नवलपरासीको गैडाकोटमा २, टिकापुरमा १, परासीमा १, सुर्खेतमा १ , झापामा १, सप्तरीमा १, ईटहरीमा १ र काठमाडौंमा १ गरि १० वटा कलेजलाई सम्बन्धन दिने तयारीमा बताए । खनालले बिश्वबिद्यालयका पदाधीकारीहरु करोडौ रकम आर्थिक चलखेल गरी निजि कलेज सञ्चालनको तयारीमा लागेको आरोप लगाए ।
विश्वविद्यालयबाट पहिलो ब्याज पनि उत्पादन हुन नपाउँदै यस्तो चलखेल हुनुले विश्वविद्यालयको गरिमा घट्नुका साथै सरकारले जनताका लागि गरेको लगानि समेत खेर गइरहेको सरोकारवालाको भनाई छ ।
पदाधिकारीहरुले नेपाल सरकारले प्रदेश नं ७ मा आंगिक कलेज स्थापना गरि गरिबका छोराछोरीहरुलाई निशुल्क शिक्षा प्रदान गर्ने तथा देशको आर्थिक विकासमा सहयोग पुग्ने योजनालाई समेत लत्याएको कृषि तथा वन विश्वविद्यालयका विद्यार्थीहरुको भनाई छ ।
रामपुरमा रहेको क्याम्पस नजिकै रहेको कलेजमा सम्वन्धन दिनुको अर्थ नभएको र विश्वविद्यालयकै पदाधीकारीको शेयर रहेको कलेजमा पहिला सम्वन्धन दिनुले थप शंका उत्पन्न भएको विद्यार्थी संगठनहरुले बताएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको