Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

विद्युत् प्राधिकरण सञ्चालकमा कार्की र गुरुङ

Reporter

नेपाल विद्युत् प्राधिकरणको नयाँ सञ्चालक समिति सदस्यमा देवेन्द्रबहादुर कार्की र महेन्द्रबहादुर गुरुङ नियुत्त भएका छन्। सरकारले कपिल आचार्य र भक्तबहादुर पुनलाई जिम्मेवारीबाट हटाएसँगै कार्की र गुरुङलाई सञ्चालक बनाएको हो।

डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयनमा ‘नोट अफ डिसेन्ट’ लेख्ने आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका थिए। सरकारका पूर्वसचिव कार्की ऊर्जा विज्ञ हुन् भने पूर्वसहसचिव गुरुङ उपभोक्ता समितिको तर्फबाट सदस्यका नियुक्त भएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नविनराज सिंहले बताए। दुवै जनाको कार्यकाल चार वर्षको रहनेछ।

प्राधिकरण ऐनको दफा ९ मा सरकारले विद्युत् प्राधिकरणमा सञ्चालक मनोनयन गर्न र हटाउन सक्ने व्यवस्था छ। ऐनको सोही व्यवस्थाअनुरूप पुरानालाई पदमुक्त र नयाँलाई नियुक्त गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको