Logo
06 Nov 2024    २१ कार्तिक २०८१, बुधबार

ताजा खबर

विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले बुझाए राजीनामा पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ छठको दोस्रो दिन आज ‘खरना’ अमेरिकी राष्ट्रपति चुनाव : मतगणना शुरु, ट्रम्पको अग्रता राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै नेपाल एयरलाइन्सले शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने

गुँला पर्व सुरु

Reporter

नेवार समुदायका बौद्ध धर्मावलम्बीहरूमा सोमबारदेखि गुँला पर्व धुमधामसँग सुरु भएको छ ।

नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउँदै छन् ।

श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा यो एक महिना अवधि लिने गरिन्छ ।

काठमाडौं स्वयम्भू महाचैत्य परिक्रमापछि शोभाभगवतीसँगैका विजयश्वरी, केलटोलस्थित सेतो मत्स्यनारायण पनि परिक्रमा गर्ने परम्परा छ ।

नेवारी भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ हो भने ‘ला’को अर्थ ‘महिना’ भएकोले नेपाल सम्वतको नवौँ महिनाको पारु तिथिमा यो पर्व मनाउने गरिन्छ ।

हरेक बिहान गुलाः बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथ बौद्ध चैत्य, मन्दिर तथा विहार परिक्रमा गरेर पर्व सुरु गरिन्छ ।

सिठी नखःमा थन्क्याइएको बाजा गठेमंगलका दिन निकालेर गुँला पर्व सुरुवातमा निकालिन्छ । नेवार समुदायका गोपालीले पानीका मुहानमा पुजा गरी परिक्रमा गर्ने चलन छ ।

असारभर पानी परेर थुनिएका मुहान, ढल, कुलेसो यही समय खोल्ने गरिन्छ । मानव रक्षा र विभिन्न अवस्थामा भएका मानवीय गल्ती प्रायश्चित गर्न यो पर्व मनाउने गरिने कथन छ । संस्कृतिविद् डा. चुन्दा बज्राचार्यका अनुसार गुँला पर्वमा बौद्ध स्तुपा, चैत्य, गुम्बा परिक्रमा गर्दै बुद्ध भगवानको ध्यान गर्ने परम्परा छ ।

दिनहुँ बिहान स्नान गरी बाजागाजासहित स्त्रोत्र पाठ गर्दै स्वयम्भू महाचैत्य, प्रतापपुर, अनन्तपुर र तीर्थस्थल परिक्रमा गर्ने प्रचलन रहेको उनले सुनाइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको