Logo
04 Dec 2024    १९ मंसिर २०८१, बुधबार

ताजा खबर

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै दक्षिण कोरियाका राष्ट्रपतिले लगाएको ‘मार्शल ल’ संसदद्वारा खारेज चिनियाँ राष्ट्रपतिको घोषणा, नेपाललाई ९ अर्ब अनुदान दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत

काठमाण्डौ–तराई द्रुतमार्ग : धेद्रे सुरुङको ब्रेक थ्रु

Reporter

काठमाण्डाै–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर आज सुरुङ छिचोल्नुभएको हो ।

धेद्रे सुरुङको निजगढबाट काठमाण्डाैतर्फ आउने १६ सय ५ मिटर लामो सुरुङ गएको जेठमा नै छिचोलिएको थियाे । आज काठमाण्डौबाट निजगढतर्फ जाने १७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।

अब काठमाण्डौबाट निजगढतर्फ महादेवटार सुरुङमार्ग आउँदो असोजसम्म छिचोलिने सेनाले जनाएको छ । सबैभन्दा लामो ३३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । कुल ७१ किलोमिटर लामो द्रुतमार्गमा ६ वटा सुरुङ बन्दैछन्, यी सुरुङको लम्बाइ झन्डै साढे १० किलोमिटर छ । अहिलेसम्म झन्डै साढे ५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ ।

यस्तै यस आयोजनामा बन्ने ८९ वटा पुलको लम्बाइ १२ किलोमिटर ८८ मिटर रहेको छ । द्रुतमार्ग निर्माणलाई सेनाले ११ वटा खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र खण्ड १० मा ठेक्का लागेर कामसमेत भइरहेको छ । खोकना खण्डको साढे ६ किलोमिटर खण्डमा ठेक्का हुन सकेको छैन ।

दुई वर्षमा निर्माण सक्ने गरी २०७४ सालमा द्रुतमार्गको जिम्मा नेपाली सेनाले पाए पनि अहिलेसम्म केही प्याकेजको ठेक्का नै लागेको छैन । सरकारले आयोजनाको म्याद थपेर २०८३ सालको चैतलाई तोकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको