बंगलादेशका सेना प्रमुख वाकर उज जमानले अहिलेको हिंसाको स्थितिलाई हेरेर अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइसकेको जानकारी गराउँदै सेना प्रमुख जमानले सेनाले अन्तरिम सरकार बनाई निर्वाचन गराउने बताएका छन्।
त्यसका लागि सर्वदलीय बैठक आह्वान गरिएको जमानले बताए।
सबै समस्या समाधान गर्न र शान्ति कायम गर्नका लागि सेना अग्रसर रहेको उनले बताए। मानिसहरू मारिएको र अहिंसा भएको स्थितिलाई सुधार्नेछौं।
उनले आन्दोलनकारीलाई शान्ति कायम गर्न पनि भनेका छन्।
लोकप्रिय समाचार