Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

Reporter

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत पर्‍यो।

मुख्यमन्त्री कँडेलको पक्षमा आएको मत प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले घोषणा गरे।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशमा कांग्रेस–एमालेबिच सरकार बनेपछि उनले विश्वासको मत लिएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको