Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो) प्रतिनिधिसभा बैठक बस्दै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

Reporter

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत पर्‍यो।

मुख्यमन्त्री कँडेलको पक्षमा आएको मत प्रदेशसभामा कायम रहेको सदस्यको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले घोषणा गरे।

संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए। केन्द्रमा सत्ता समीकरण बदलिएसँगै प्रदेशमा कांग्रेस–एमालेबिच सरकार बनेपछि उनले विश्वासको मत लिएका हुन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको