Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई पक्राउ

देशभरका नदीमा जलस्तर बढ्यो, सतर्क रहन आग्रह

Reporter

मौसम पूर्वानुमान बिभागले देशका विभिन्न जिल्लामा रहेका नदीहरुमा पानीको बहाव बढेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची,नवलपरासी (बर्दाघाट सुस्ता पूर्व), नवलपरासी (बसु पश्‍चिमं), रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने तथा आकस्मिक बहावको उच्च जोखिम अतिउच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै विभागले काठमाडौँ जिल्ला स्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र सो नदी किनार भई यात्रा गर्नेहरूले दिउँसो २ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यसैगरी ललितपुरस्थित खोड्कु खोला झरुवारासि जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, नदी तटिय क्षेत्रमा बाढीको जोखिम रहेकाले दिउँसो २ बजे सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

त्यस्तै विभागके आज मेलम्ची, बागमती, बिष्णुमती, धोबी खोला,हनुमन्ते खोला, कालिगण्डकीको सहायक नदीहरू, तिनाउ, बाणगंगा, कञ्चनखोला, दानो खोला लगायतका अन्य स-साना नदीमा बहाव बढ्ने, केही नदीमा आकस्मिक बहावको उच्च जोखिम रहेको उल्लेख गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको