प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्नुभएको छ । मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफूले कसैलाई भ्रष्टाचार गर्ने कुनैपनि खालको अनुमति नदिएको जिकिर पनि गर्नुभयो । उहाँले आफूमाथि राजनीतिक रुपमा कुनै लाञ्छना लगाउने काम भएपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता दोहो¥याउनुभयो ।
भ्रष्टाचार नगर्ने र अरुलाई पनि आफूले भ्रष्टाचार गर्न नदिने प्रधानमन्त्री ओलीको दृढता थियो । उहाँले आफ्नो जानकारीमा रहेका ठाउँहरुमा आफूले भ्रष्टाचार गर्न नदिने पनि बताउनुभयो । त्यस अवसरमा प्रधानमन्त्री ओलीले विधेयकहरु छिटो पारित गर्न पनि संसद र संसदीय समितिहरुलाई आग्रह गर्नुभएको थियो ।
लोकप्रिय समाचार