Logo
03 Dec 2024    १८ मंसिर २०८१, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंलाई थप ४ दिन थुनामा राख्न अनुमति यू-१९ एसिया कपमा अफगानिस्तानमाथि नेपालको जीत पत्रकार महासंघको चुनाव तालिका सार्वजनिक उपराष्ट्रपति यादवसंग कतारका राजदूतको शिष्टाचार भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता विराटनगरविरुद्ध सुदूरपश्चिमको शानदार जित

बंगलादेशकी पूर्वप्रधानमन्त्री जिया भइन् रिहा

Reporter

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई वर्षौंको नजरबन्दबाट रिहा गरिएको छ।

जियालाई उनका कट्टर शत्रु शेख हसिनालाई प्रधानमन्त्री पदबाट अपदस्थ गरेपछि र प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेपछि रिहा गरिएको हो।

प्रदर्शनकारीहरूको विरोधपछि हसिना मुलुक छाडेर भागेकी छन्।

दुई महिलाबीचको उग्र प्रतिद्वन्द्विताले मुस्लिम–बहुल राष्ट्रमा दशकौँदेखि राजनीतिलाई परिभाषित गरेको छ।

अठहत्तर वर्षीया जियालाई हसिनाको शासनकालमा सन् २०१८ मा भ्रष्टाचार कसुरमा १७ वर्षको कारागार सजाय सुनाइएको थियो।

छयत्तर वर्षीया हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो। सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे। त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो।

जिया प्रमुख विपक्षी बंगलादेश नेसनल पार्टी (बीएनपी) की अध्यक्ष हुन्। पार्टी प्रवक्ता एकेएम वहिदुज्जमानले मङ्गलबार भने, ‘अब उहाँ रिहा हुनुभएको छ।’

जियाको स्वास्थ्य अवस्था खराब छ। गठिया रोग, मधुमेह र कलेजो सिरोसिसको बिरामी उनी ह्विलचेयर प्रयोग गर्छिन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको