Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदनहरु प्रस्तुत हुदै

admin

काठमाडौं, पु्ष-०१ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्नको निम्ति बसेको महासमिति बैठकको बन्दसत्र आज सुरु भएको छ ।

जारी बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका प्रतिवेदनहरु पेश भइरहेका छन् ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक सम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेश गर्दै छन् ।

विधान मस्यौदाबाहेकका सबै प्रतिवेदन पार्टी केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित यस अघि नै पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे अझै सहमति जुट्न सकेको छैन ।

बैठकमा पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेश स्तरमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको