Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदनहरु प्रस्तुत हुदै

admin

काठमाडौं, पु्ष-०१ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्नको निम्ति बसेको महासमिति बैठकको बन्दसत्र आज सुरु भएको छ ।

जारी बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका प्रतिवेदनहरु पेश भइरहेका छन् ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक सम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेश गर्दै छन् ।

विधान मस्यौदाबाहेकका सबै प्रतिवेदन पार्टी केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित यस अघि नै पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे अझै सहमति जुट्न सकेको छैन ।

बैठकमा पेश गरिएका प्रतिवेदनमाथि छलफल गर्न महासमिति सदस्यलाई प्रदेश स्तरमा सात समूहमा विभाजन गर्ने वा समावेशी रुपमा विभाजन गर्ने भन्नेमा सहमति जुटाउने प्रयास भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको