Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

पहिले पनि दुर्घटनामा परेका थिए क्याप्टेन मल्ल

Reporter

रसुवाको स्याफ्रुबेसी जाँदै गरेको एयर डाइनेस्टीको कल साइन ९एन—एजेडी हेलिकप्टर नुवाकोटस्थित शिवपुरी गुर्जे भञ्ज्याङ नजिकै दुर्घटना भएको छ ।

उक्त हेलिकोप्टरमा सवार ५ जनाको मृत्यु भएको जनाइएको छ । १ बजेर ५४ मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको हेलिकोप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानबाट सम्पर्क टुटेको थियो ।

हेलिकोप्टरमा चार जना चिनिया नागरिक रहेको खुलेको छ । उनीहरू जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । उक्त हेलिकोप्टर अरुण मल्लले उडाएका थिए ।

मल्ल यसअघि पनि दुर्घटनामा परिसकेका पाइलट हुन् । २०७० असोज १० गते काठमाडौंबाट सोलुखुम्बुको लागि उडेको एयर डायनेष्टीको ९एन–एइएक्स (एएस–३५०) हेलिकोप्टर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो ।

हेलिप्याडमा अवतरणको क्रममा विमान पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना घाइते भएका थिए । भने, हेलिकोप्टरका पाइलट अरुण मल्ल र अर्का यात्रु सोनाम छिरिङ सेर्पा भने सकुशल भेटिएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको