रुपन्देही, पुस ०१ ।
रुपन्देहीमा विगत लामो समयदेखि लागु औषध विक्रिवितरण ओसारपसारमा संलग्न गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का २७ वर्षीय दुर्गाप्रसाद चौधरी रहेका छन् । उनलाई सिद्धार्थनगर नगरपालिकास्थित गल्लामण्डीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट दुई/दुई एमएलको ३ हजार थान लागु औषध, एक/एक हजार पिस डाईजोपाम, नुफिन र फेनारगन बरामद भएको छ । यसको बजार मूल्य लगभग १५ लाख पर्न जाने प्रहरीले जनाएको छ ।
चौधरीले स्याउको पेटीमा लागु औषध राखेर जिल्ला बाहिर पठाउन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जनाए ।
प्रहरीले चौधरीसँगै काम गर्ने अन्य दुई जनाको पनि खोजी भईरहेको जनाएको छ ।
लोकप्रिय समाचार